प्रतिवेदन सार्वजनिक गराउन राजपामाथि दबाब तथा ज्ञापन

काठमाडौं, २६ पुस । तराई मधेश राष्ट्रिय परिषदले तराई–मधेश आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड लगायतका घटनाको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन राष्ट्रिय जनता पार्टी नेपाललाई ज्ञापन बुझाएको छ ।

तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” को प्रतिवेदन सार्वजनिक गर्न दबाव दिन परिषद्ले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउन उल्लेख्य सँख्यामा परिषद्का सदस्यहरू लगायत मानव अधिकारवादी, वकिल, पत्रकार, तथा बुद्धिजीविहरू सहभागी भएका थिए ।

ज्ञापन पत्र बुझाउन पूर्वराजदूत बिजयकान्त कर्ण, अधिवक्ता सुनिलरंजन सिंह, परिषद्का सदस्य अधिवक्ता आनन्द गुप्ता, कासिन्द्र यादव, दीपेन्द्र झा, ई. उमा शंकर साह, आलोक यादव, राज महतो, जय नारायण आदिको प्रतिनीधिमूलक समूहले राजपा संयोजक महन्थ ठाकुरलाई भेटी प्रतिवेदन सार्वजनिक गर्न दबाव दिन आग्रह गरेका थिए ।

परिषद्का प्रतिनीधिसँग संयोजक ठाकुरले यो विषयमा सकारात्मक भएको तर सरकारसँग प्रतिवेदन माग्दा अहिलेसम्म नपाएको प्रतिक्रिया दिए र चाडैं नै यो विषयमा सरकारलाई फेरि ध्यानाकर्षण गराउने प्रतिवद्धता जाहेर गरे ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लाल अध्यक्ष रहेको “तराई, मधेश, थारुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानबीन सम्बन्धी गठित उच्च स्तरीय छानबीन आयोग” ले अध्ययन र छानबीन गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

सो प्रतिवेदनले के कस्तो तथ्यहरु पता लगाएको र सो को कार्यान्वयण गर्नका लागि के के सिफारिस गरेको छ भन्ने जानकारी पाउनु पीडितलगायत सम्पूर्ण नागरीकको अधिकार हो । यही कुरालाई मध्यनजर गरी सो प्रतिवेदन सार्वजनिक गराउन परिषदले सम्पूर्ण अधिकारकर्मी, बुद्धिजीवि, लगायत सबैलाई ध्यानाकर्षण गराएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com