आइएमई लाइफइन्सोरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं, २६ पुस । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा बुधबार लैनचौर बैङक्वेट्समा सम्पन्न भएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालयसहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराए ।

कम्पनीले आममानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बीमा योजनाहरु ल्याउने जानकारी गराए ।

कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइ व्यबसायमा सक्रिय रुपले सहभागी हुने गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पूर्ण शाखाहरुबाट बीमा लेख जारी गर्दै आइरहेको जानकारी गराए ।

उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखा परीक्षण प्रतिवेदनसहित कम्पनीको आ. व. २०७३।७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरियो । उक्त वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा.रामहरि अर्याल, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गएको छ ।

नवनिर्वाचित संचालकहरुले पदवहाली तथा शपथ ग्रहण गरेका छन् । बुधबारै बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन समेत गरेको छ ।

नियमनकारी निकाय बीमा समितीको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा रु. २ अर्ब पु¥याउनु पर्ने प्रावधानअनुरुप सर्बसाधारणलाई शेयर जारी गरी पूजी बृद्वि गर्ने जानकारी गराएका छन् ।

अध्यक्ष डा. रामहरी अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सक्रिय रहेका सम्पूर्ण बिमितहरु, सस्थापक शेयरधनीहरु, कर्मचारी र नियमनकारी निकाय, बीमा समितीलगायत नेपाल सरकारका विभिन्न निकायहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com