४५% आरक्षणको माग गर्दै मधेशी विद्यार्थी संगठनद्वारा १२ घन्टे अल्टिमेटम

काठमाडौं, २६ पुस । त्रिवि चिकित्सा शास्त्रमा संविधानको प्रावधानअनुसार आगामी सत्रदेखि ४५ प्रतिशत आरक्षण लागू गर्नुपर्ने माग गर्दै मधेशकेन्द्रित दलमा आबद्ध विद्यार्थी संगठनहरुले त्रिवि चिकित्सा शाखा अध्ययन संस्थानलाई १२ घन्टे अल्टिमेटम दिएको छ ।

स्नातक तह प्रवेश परीक्षा संचालक समितिले आरक्षणको सीटहरुमा आइओएमले सर्वोच्च अदालतको निर्देशन र त्रिविविको सिनेटले बनाएको ऐनको विपरीत सो सीटहरु खारेज गरेर आफू नजिकका विद्यार्थीहरुलाई भर्ना गर्न खोजेको मधेशी विद्यार्थी संगठनहरुको छ ।

राजपा नेपाल निकट विद्यार्थी संगठन र फोरम नेपाल निकट समाजवादी विद्यार्थीले तीनबुँदे मागसहित त्रिवि चिकित्सा शाखा अध्ययन संस्थानको डीनको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

पुस २७ गतेका लागि तोकिएको काउन्सेलिङ्गको तत्काल स्थगित गर्नुपर्ने, सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने गरी नयाँ छनोट समितिको गठन गरिनुपर्ने र उक्त विषयमा भएको निर्णय तत्काल खारेज गर्नुपर्ने माग मधेशकेन्द्रित दलका विद्यार्थी संगठनहरुले गरेका छन् ।

यसैगरी, यसैगरी संविधानको प्रावधानअनुसार आउने सत्रदेखि ४५प्रतिशत आरक्षण दिइनुपर्ने भन्ने प्रतिबद्धता व्यक्त गर्न माग गरेको हो । यी मागहरु १२ घन्टाभित्र सम्बोधन नभए देशैभर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com