चिसोले रौतहटमा २ दिनमा ५ जनाको मृत्यु, राहतका लागि ज्याकेट वितरण हुने

राकेश यादव, रौतहट, २६ पुस । विगत दुइ हप्तादेखि चलेको शीतलहर सँगै अत्यधिक रुपमा बढेको चिसोले गर्दा रौतहटमा २ दिनमा ५ जनाको मृत्यु भएको छ । मंगलवार ३ र बुधवार २ जना गरी ५ जना बृद्ध, महिला र पुरुषको मृत्यु भएको हो ।

बुधवार चिसोले गर्दा स्थानीय परोहा नगरपालिका वार्ड नम्बर ९ रामपुर खाप निवासी ६५ वर्षीय रामलगन प्रसाद पटेल र गौर नगरपालिका वार्ड नम्बर ४ टिकुलिया निवासी ७० वर्षीय महिला सिया देवीको मृत्यु भएको जिल्ला प्रसाशन कार्यालयका प्रसाशकीय अधिकृत विष्णु रंजन बरालले जानकारी दिएका छ । मगलवारका दिन फूलकुमारी देवी , अलख प्रसाद सिंह र सक्ली देवीको मृत्यु भएको थियो ।

रौतहटमा अहिले सम्म चिसोवाट मृत्यु हुनको संख्या १४ पुगेको छ भने जिल्ला प्रसाशन कार्यालयको तथ्यांक अनुसार पौष १६ गते देखि २६ गते सम्म १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना पुरुष र ५ जना महिला रहेको बरालले बताएका छन ।
विगत केहि दिन देखि भैरहेको मानवीय क्षतिलाइ नियंत्रण गर्ने तथा प्रचण्ड रुपमा परिरहेको चिसोको प्रभावबाट जोगिन्का लागि प्रत्येक गाउमा विहिवार देखि जयाकेट वितरण गरिने प्रसाशकीय अधिकृत बरालले बताएका हुन । बरालका अनुसार बाढि़ र चिसो पीडि़तलाइ पहिचान गरी जैकेट उपलब्ध गराइने छन ।
जिल्ला दैवी प्रकोप उद्दार समितिलाइ नेपाल सरकारले रहत स्वरुप उपलब्ध गराएका ज्याकेट ससश्त्र प्रहरीको जिम्मा लगाएर प्रहरी मार्फत वितरण गराइने छन बरालले भने अपांग ,७० वर्ष भन्दा माथिका बृद्ध ,दलित र बाढि़ पीडि़त परिवारलाइ जाड़ो छल्नको लागि जैकेट वितरण गरिने छन ।
पछिया हावा सँगै बढेको शीतलहर सँगै चिसोको कारण रौतहट लगायत तरीका जिल्लाहरुमा जनजीवन नराम्रो सीत प्रभावित भएका हुन ।
गएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरु मानवीय क्षति भई रहदा पनि जितेर गएपछि दुखको बेला एकचोटी पनि हेर्न नआएको निर्वाचन क्षेत्रका जनताहरुको गुनासो रहेका छन । चुनावको बेला ठुल ठुल्ला आस्वाशन बाडेका नेताहरु चिसोमा मरिरहेको अवस्थामा पनि हालचाल बूझन आएका छैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com