राजदेवी नगरपालिकाको प्रथम नगर सभा सम्पन्न

रौतहट, २६ पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएको छ । प्रसिद्ध राजदेवी मन्दिरको प्रांगणमा आयोजित नगर सभामा नगर सभामा नगर प्रमुख धीरेन्द्र कुमार सिंहले आर्थिक वर्ष २०७४ र २०७५ को २४ करोड़ ६१ लाख २ हजारको मङ्सिर मसान्तको अनुमानित आमदनी र यथार्थ आय २४ करोड़ ३२ लाख ९७ हजार र अनुमानित खर्च २४ करोड़ ६१ लाख २ हजारको निति कार्यक्रम तथा बजट प्रस्तुत गरेका थिए ।

प्रस्तुत निति कार्यक्रममा सार्वजानिक सेवा तथा क्षमता विकास समिति , आर्थिक विकास समिति ,सामाजिक विकास समिति ,पूर्वाधार विकास समिति र वातावरण तथा विपद व्यवस्थापन समिति तरफमा रकम विनियोजित गरिएको छ । चालू आर्थिक वर्षमा शिक्षा ,कृषि सिचाई , स्वास्थ्य ,रोजगारी र स्वच्छ खानेपानी तरफ लगनी गर्ने जोड़ दिइएको छ ।

नगरपालिकाको विकास को लागि आवधिक योजना , भित्री तथा बाहिरि चक्रपथको सम्भाव्यता अध्यन्न र निर्माण ,सड़कको लागि गुरुयोजना निर्वाण र कार्यान्वयन ,शहरी सडकको सिमा निर्धारण , सौर्यवतीको व्यवस्था , पर्यटक स्थलको संरक्षण ,सरकारी जग्गाको संरक्षण , वातावरण मैत्री को लागि बृक्षारोपणको रणनीतिक योजना बनाउने तरफ जोड़ दिइएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

निति कार्यक्रममा संचारको विकासको लागि कुनै योजना समावेश गरिएको छैन । खेलकूद विकासको लागि खेल मैदान निर्माण गरिने योजना पनि राखेको छैन ।

सभाको प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै संसद अनिल कुमार झाले विकासको क्षेत्र पछि परेका निर्वाचन क्षेत्रमा विकासको लागि ध्यान केन्द्रित गर्ने बताएका छन ।

२ नम्बर प्रदेशको विकासको मुद्दा प्रमुख रहेको बताउँदै स्थानीय तहलाइ बलियो बनाउनका लागि उद्योगमा लगानी गर्नु पर्ने धरना राख्दै सांसद झाले मधेशको विकास सँगै अधिकारको क्रांति जारी रखने आवशयकता रहेको जिकिर गरे ।

निति तथा कार्यक्रम प्रति प्रदेश सभा २ का सदस्य योगेन्द्र राय यादव , पूर्व सभासद बबन सिंह , जिल्ला समन्वय समितिका प्रमुख राम एकवाल यादव , गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर , राजपाका युवा नेता अनिल कुमार सिंह लगायतका व्यक्तिहरु आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com