रुपन्देहीका स्वास्थ्य संयोजकलाई तीनदिने स्वास्थ्य तथ्याङ्क व्यवस्थापन तालिम

चन्द्रकान्त खनाल, रुपन्देही, २७ पुस । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा, स्वास्थ्य तथ्याङ्क व्यवस्थापन प्रणाली शाखाद्वारा रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहका संयोजकलाई तालिम दिएको छ ।

तथ्याङ्क व्यवस्थापन, विश्लेषण तथा प्रयोग सम्बन्धी तालिम दिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्य संयोजकहरु, जिल्लामा कार्यरत फोकल पर्सनहरु तथा स्वास्थ्यकर्मी गरी २० जनाको सहभागिता रहेको थियो ।

स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवाहरुको ब्यवस्थित रेकडिंग तथा रिपोटिंग, रिपोटिंगमा प्रयोग गरिने तथ्याङ्क हरुको व्यवस्थापन, गुणस्तरता कायम गर्ने, प्राप्त तथ्याङ्कको विश्लेषण गरी जनताले बुझ्ने तरीकाले स्वास्थ्य तथ्याङ्कको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रीत रहेको जनस्वास्थ्य कार्यलय रुपन्देहीका जिल्ला जनस्वस्थ्य कार्यलय रुपन्देहीका तथ्याक अधिकृत ओमप्रकाश गुप्ताले बताए ।तालिमको अन्त्यमा सहभागीहरुले आ आफ्नो पालिका स्तरको तथ्याङ्क प्रयोग गरी प्रस्तुतीकरण समेत गरेका थिए ।

तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, वरिष्ठ जनस्वास्थ्य प्रशासक केहर सिंह गोदारले बदलिदो प्रशासनिक संरचनामा स्वास्थ्य संयोजकहरुको महत्वपूर्ण भूमिका रहने, नगपालिकास्तरका स्वास्थ्य क्षेत्रको नेतृत्वदायी भूमिका बहन गरी अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाह गर्न सहजीकरण गर्नुका साथै सेवा प्रवाहको गुणस्तरीय रिपोटिंग गर्नुपर्ने र रिपोटिंग कै आधारमा योजना तर्जुमा गरिनु पर्ने विषयमा जोड दिए।

अब सम्पूर्ण स्वास्थ्य संस्थाहरुको मासिक रिपोर्ट अनलाईनको माध्यमबाट प्रविष्ट गर्नुपर्ने सो का लागि छनौटमा परेका १६ वटा संस्थालाई ल्यापटप र तालिम प्रदान गरिने वताए ।३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभागका एचएमआईएस शाखाका अधिकृतहरु दीपक दाहाल, कृष्णराज पाण्डे र समीर कुमार अधिकारीले सहजीकरण गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com