अग्निपीडितलाई कपडा र कम्बल वितरण

सप्तरी, २७ पुस । बुधवार राती पथरगाडामा आगलागी भएको पीडितलाई प्रजिअले पढाएको कपडा, बल्यांकेट वितरण गरेको वडा अध्यक्ष करणदेब चौधरीले बताए ।

डाकनेश्वरी नपा वडा नम्बर ९ पथरगाडाका गंगाराम पंडित र सियाराम पंडित घरमा नभएको बेला घुरबाट सल्केको आगोले पंडितको ६ वटा घर जलेको थियो भने ५ वटा गाई र ६ थान बाख्रा मरेको छ ।

आगोले घरमा भएको धान, चामल, गेहु जलेर नष्ट भएको घरमा खान केही नभएको पीडित सियाराम पंडितले दुखेसो पोखे ।
अग्निपीडित दुबै घरपरिवारलाई खानका लागि चामल, दाल उपलब्ध गराएको वडा अध्यक्ष करणदेव चौधरीले जानकारी गराएको छ ।

टोलीमा सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादब, नेपाल पत्रकार महासंघका सहसचिव चन्दनकुमार यादब नेपाल प्रहरिका डिएसपि धुरूव श्रेष्ठ हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी,गैससका अध्यक्ष शंभुन्नदन चौधरी,सप्तरी युथका कोषाध्यक्ष बिष्णु कुमार यादव लगायतका सहभागिता रहेको थियो ।

एक हप्ता देखि चलेको शितलहरका कारण सप्तरी २० जनाले ज्यान गएको छ । जाडो बढेसंगै स्थानिय प्रशासन तथा बिभिन्न संघसस्थाहरूको सहयोगमा बृधबृधा तथा असहाय, गरिब, बिपन्न, दलित बस्तीका घरपरिवारलाई कम्बल, बल्यांकेट, जस्ता राहतका समानहरू बितरण गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com