रेडक्रस उपशाखा मिर्चैयाको साधारण सभा सम्पन्न

राम नारायण पंडित, सिरहा, २७ पुस । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६औं साधारण सभा सम्पन्न भएको छ । मिर्चैया नगरपालिका ६ स्थित बिहीबार भएको साधारण सभामा आर्थिक वर्ष ०७३/०७४ को आय–व्यय प्रस्तुत गरिएको थियो ।

उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाहरुलाई दोसल्ला ओढई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि राजदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का “क” प्रदेशसभाका सदस्य दिलिप साह, मिर्चैया नगरपालिका वडा नं. ५ का बडा अध्यक्ष देबकृष्ण साह लगायत सरोकारबालाहरुको उपस्थिति रहेको उपाशाखाका सचिब दुर्गा श्रेष्ठ बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com