भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौं, २७ पुस । भारतीय राजदूतावास काठमाडौंले विश्व हिन्दू दिवस मनाएको छ । दूतावासले त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागसँग मिलेर बुधबार होटल अन्नपूर्णामा विश्व हिन्दी दिवस समारोहको आयोजना गरेको थियो ।

सो समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले मुख्य अतिथिको रूपमा उपस्थित भएका थिए । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।

मन्त्री देवले भारत र नेपालको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन हिन्दीको भूमिकामाथि जोड दिएका थिए । उनले भने, ‘हिन्दी भारत र नेपाललाई एकआपस जोड्ने काम गरेको छ ।’

सो अवसरमा राजदूत पुरीले भारतीय संस्कृतिको संरक्षणमा हिन्दीको भूमिका र विभिन्न क्षेत्र तथा समाजलाई जोड्नमा यसको महत्वबारे प्रकाश पारेका थिए । उनले हिन्दी दुवै देशका मानिसकलाई जोड्ने एउटा कडी रहेको जिकिर गरे ।

सो अवसरमा भारतीय सांस्कृतिक केन्द्र काठमाडौंका कलाकारहरूले सांस्कृतिक प्रस्तुतिबाट दर्शकहरूलाई मंत्रमुग्ध गरेका थिए । समारोहका दौरान हिन्दी दिवसको सो अवसरलाई रेखांकित गर्नका लागि तीन कविता संग्रह र हिन्दी पत्रिकाको विशेषांकको लोकार्पण गरिएको थियो ।

समारोहको अन्त्यमा एक कवि सम्मेलनको आयोजना गरिएको थियो जसमा लगभग २० कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । सो कार्यक्रममा अलग–अलग क्षेत्रका लगभग दुई सय व्यक्तिहरूले भाग लिएका थिए जसमा हिन्दीका लेखक, कवि, पत्रकार र राजदूतावासका अधिकारी सहभागी भएको दूतावासका द्वितीय सचिव ज्ञानवीरसिंहले जनाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com