गणतान्त्रिक आन्दोलनका प्रथम शहीद दुर्गानन्द झाको सम्मानमा नाटक प्रदर्शन

काठमाडौं, २७ पुस । नेपाली गणतान्त्रिक आन्दोलनका प्रथम शहीद दुर्गानन्द झाको अवदान तथा सम्मानमा समर्पित रही मैथिली नाटक ‘काशीदेवी’ बिहीबारदेखि माठमाडौंमा प्रदर्शन सुरू भएको छ ।

नेपालका प्रथम गणतान्त्रिक शहीद झाले वि.सं. २०१८ सालमा जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेका थिए । त्यसपछि उनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा माघ ६ गतेसम्म चल्ने सो मैथिली नाटक प्रत्येक दिन साँझ ५ बजेदेखि सुरू हुने र विदाका दिन दिउँसो एक बजे पनि प्रदर्शन हुने आयोजकले जनाएको छ । नाटकको लेखक निराजन झा तथा निर्देशक सरिता साह रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com