कांग्रेस नेता शशीकुमार माझीको निधन

सप्तरी, २८ पुस । नेपाली कांग्रेसका नेता शशीकुमार माझीको निधन भएको छ । उनको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनले कांग्रेसको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । उनी नेवि संघबाट महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति समेत हुन् ।

५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित थिए । माझीलाई कांग्रेसको झण्डा ओढाएर बिहिबार श्रद्धाञ्जली अर्पण गरिको थियो । माझीका दुई छोरा, एक छोरी र पत्नी छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com