चिसोबाट फेरि २ को मृत्यु, रौतहटमा मृतकको संख्या १८ पुग्यो

रौतहट, २८ पुस । रौतहट जिल्लामा चिसो तथा शीतलहरका शुक्रबार पनि दुई जनाको मृत्यु भएको छ । चिसोका कारण रौतहटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

बौधीमाई नगरपालिका–१ अजगैबी टोल बस्ने ५६ वर्षीय रामचन्द्र साहको अत्याधिक चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।

यसैगरी रौतहटको गढिमाई नगरपालिका–६ धरमपुर सिङ्गारमन बस्ने ७४ वर्षीय रामबृस साहको अत्याधिक चिसोको कारण शुक्रबार मृत्यु भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com