धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सिरहामा कम्बल वितरण

राम नारायण पंडित, सिरहा, २९ पुस । सिरहासहित तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित भएका दलित बस्तिमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ ।

फाउन्डेशनले गोलबजार नगरपालिका १० धोवियाधार र धनगढीमाई नगरपालिका १३ भर्लेनीमा रहेको मुसहर बस्तीमा जाडोबाट जोगिनका लागि शुक्रबार कम्बल वितरण गरेको हो ।

गोलबजार नगरपालिका १० मा ६० परिवार मुसहर र धनगढीमाई नगरपालिकामा १३ मा १ सय मुसहर तथा असहाय परिवार गरी कूल १ सय ६० परिवारलाई प्रतिपरिवार १ थानका दरले कम्बल वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए ।

धुर्मुसले कम्बल वितरण गर्ने क्रममा ‘भूकम्प, बाढीपहिरो, शीतलहर जस्ता प्रकोपका बेला तराई, पहाड, हिमाल सबैलाई एकै ठाउँमा जुटेर आपसमा सहयोग गुर्नपर्ने’ बताए ।

धुर्मुस सुन्तली फाउन्डेसनले सञ्चालन गरेको ‘न्यानो वितरण’ कार्यक्रमका लागि गैरआवासीय नेपाली संघ ‘नेपालीको लागि नेपाली’ (एनआरएन आरसीसी चाइना) ले कम्बल उपलब्ध गराइएको समेत उनले बताए ।

चिसोका कारण गाउँका अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेको बेलामा कम्बल वितरण गरेर बिर्सनै नसकिने गुन लगाएको’ भन्दै मुसहर समुदायले धुर्मुसप्रति आभार प्रकट गरे ।

कार्यक्रममा गोलबजार नगरपालिका १० का बडा अध्यक्ष देब नारायण महतो, ईलाका प्रहरी कार्यालय गोलबजार प्रहरी निरिक्षक राजेश सुबेदी लगायतको उपस्थित रहेको थियो ।

मिर्चैयामा गरिब तथा बिपन्नलाई कम्बल
सिरहा सहितका जिल्लाहरुमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ । चिसोको मध्यनजर गर्दै सिरहामा रहेका गरिव विपन्न समुदायमा कम्वल वितरण गर्ने कार्य जारी रहेको छ ।
मिर्चैया नगरपालिकाले बडा नं. १ र २ मा रहेको दलित, गरिब र बिपन्न परिवारलाई जाडो छल्नका लागि शुक्रबार कम्बल बितरण गरेको छ ।
नगरपालिकाले बडा नं. १ मा ५० र बडा नं. २ मा ५० परिवार गरि जम्मा १ सय दलित, गरिब र बिपन्न घरपरिबारलाई कम्बल बितरण गरेको हो ।
नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपमेयर जिबछी देबी साह, प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, वडा नं. १ का बडा अध्यक्ष धनिकलाल यादव र २ का बडा अध्यक्ष लक्ष्मेश्वर कापर लगायतका उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com