वीरगंजलाई राजधानी बनाउनुपर्ने मागसहित रिले अनसन जारी

वीरगंज, २९ पुस । वीरगंजलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाउनुपर्ने मागसहित वीरगंजको घण्टाघरमा गत शुक्रबारदेखि सुरु भएको रिले अनसन जारी रहेको छ ।

वीरगंज राजधानी संघर्ष समितिको अगुवाईमा प्रदेश नम्बर २ को राजधानी वीरगंजलाई नै बनाउनुपर्ने दबाबसहित रिले अनसन शुरु भएको हो । रिले अनसनको आठौ दिन शुक्रबारको अनसनमा केदारनाथ तिबारीको नेतृत्वमा लालबाबु जैसवाल, सरोज साह, धु्रव साह कानु, जितेनद्र साह कानु, रामेशवर महतो कोइरी, रामअश्रे साह तेली, श्रीलाल कुशवाहा र अफरोज मिया लगायत ९ जना बस्नु भएको र वीरगंजलाई राजधानी नबनाए सम्म संघर्षका कार्यक्रमहरु जारी रहने वीरगंजलाई बिरगंज राजधानी संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सरार्फले जानकारी दिए ।

वीरगंजलाई राजधानी बनाउन ज्ञापनपत्रसहित समितिका संयोजक पूर्व मन्त्री सुरेन्द्र चौधरीको नेतृत्वको टोली प्रधानमन्त्री लगायत अन्य पार्टीका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउन शनिबार काठमाडौं प्रस्थान गर्ने समेत प्रवक्ता सर्राफले जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com