‘संविधानमा थारु पहिचान’ विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं, २९ पुस । ‘संविधानमा थारु पहिचान (तर्क, ज्ञान र सत्ताको विमर्श’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थारु अधिकारकर्मी तथा अभियन्ताहरुले संविधानमा थारुको अवस्थाबारे बहस गरेका छन् ।

संयुक्त राष्ट्रिय थारु सभा र प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले शनिबार मधेश मिडिया हाउसमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थारु अभियन्ताहरुले संविधानमा भएका र समावेश गर्नुपर्ने मुद्दाहरुबारे प्रकाश पारेका थिए ।

थारु आयोग बन्नु सकारात्मक भएपनि त्यसले थारु समुदायका हरेक समस्या समाधान हुने अवस्था नरहेको कार्यक्रमका वक्ताहरुले बताएका छन् । थारुले आफ्नो अधिकार संवैधानिकरुपमै सुनिश्चितताका लागि मधेशी, आदिवासी जनजातिलगायतसँग सहकार्य गर्नुको विकल्प नरहेको जिकिर गरेका छन् ।

कार्यक्रममा अधिवक्ता शान्ति मोदी थारुले एक कार्यपत्र प्रस्तुत गर्दै थारु पहिचानका बारे तर्कहरु राखेकी थिइन् ।

उनले मधेश विद्रोह भइरहेको समयमा थारुलाई काउन्टर पार्टको रुपमा उभ्याउँदा त्यसले मधेशी विद्रोहलाई कमजोर बनाएको निष्कर्ष निकालेकी हुन् ।

प्रभुनारायण चौधरी प्रतिष्ठानका अध्यक्ष विद्यानन्द लेखीको सभापतित्वमा सम्पन्न कार्यक्रममा थारु समुदायका बुद्धिजीबी, कानून व्यवसायी, पत्रकार, युवा विद्यार्थी लगायतले तर्क तथा सुझावहरु प्रस्तुत गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com