मैथिली चलचित्र ‘राधा सँग मोहन’ को काठमाडौंमा विशेष शो

काठमाडौं, २९ पुस । मैथिली भाषामा निर्माण भएको चलचित्र ‘राधा सँग मोहन’ को काठमाडौंमा एक विशेष शो प्रदर्शन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र अतिथि खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादव उपस्थित भएका थिए ।

विशेष शो पश्चात् मन्त्री देवले प्रतिक्रिया दिँदै मैथिली भाषाका चलचित्रहरुको उत्थान तथा विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले मैथिली चलचित्र काठमाडौंमा प्रदर्शन हुनु गर्वको कुरा भएको बताए ।

यस्तै, अर्का मन्त्री यादवले मैथिली भाषाप्रति आफ्नो बढी झुकाव भएकोले यो सराहनीय कार्य भएको बताए । उनले मैथिली भाषाका चलचित्रले मैथिली संस्कृतिको जगेर्ना गर्ने बताए ।

जमल नाचघरमा प्रदर्शन गरिएको विशेष शोमा करिब ८० जनाको उपस्थिति भएको जनाइएको छ । सो कार्यक्रममा कलाकार, समाजसेवी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

चललिचत्रमा कथा–गीत डिपी शास्त्री, गायक उदितनारायण झा, दीपा झालगायत रहेको जनाइएको छ । चलचित्रको निर्माता दिपेन्द्र देव, निदेर्शक धर्मेन्द्र धर्मात्मा रहेका छन् । कलाकारहरु अमरेश सिंह, वीरेन्द्र गुवा, डीपी शास्त्री, दीपेन्द्र देव लगायत रहेका छन् ।

सो कार्यक्रममा कलाकर्मी योगेन्द्र देव, कमल मण्डल, ममता देव, इन्द्रदेव मण्डल, सन्तोष सरकार, परशुराम चौधरी लगायतले चलचित्रको सफलताको कामना गरेका थिए । सो चलचित्र फाल्गुण महिनामा हलहरुमा प्रदर्शन ल्याउने तयारीमा रहेको निर्माण समूहले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com