अपाङ्गहरूलाई राहत वितरण

चन्दनकुमार, सप्तरी, २९ पुस । बढ्दो शितलरसँगै मानवीय क्षति भइरहँदा विभिन्न संघसंस्थाहरूले राहत वितरण कार्यक्रमलाई तीव्रता दिएको छ ।

शनिबार राजविराजमा सगरमाथा अपाङ्ग कल्याण संघ तथा समावेशी अपाङ्ग संघको आयोजनामा तथा धर्मीहल्फा संस्थाको सहयोगमा अपाङ्गहरूलाई राहत वितरण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले राजविराजमा आयोजित राहत वितरण कार्यक्रममा राजविराज फकिरा, पंसेरा, बेल्हीचपेना, कंचनपुर लगायतका ५० जनालाई कम्बल वितरण गरेको छ ।

समावेशी अपाङ्ग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित राहत वितरणमा सगरमाथा अपांग कल्याण संघका अध्यक्ष बलदेब मण्डल, धर्मी हल्फा संस्थाका अध्यक्ष ई सुर्य नारायण यादव लगायतको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com