प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण

चितवन, २९ पुस । प्रधानसेनापति राजेन्द्र क्षत्रीले शनिबार चितवन जिल्लाको चैनपुरस्थित श्री सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित श्री महिन्द्रदल गणको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त विद्यालय तथा गणको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए ।

निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति क्षत्री भरतपुरस्थित श्री महिन्द्र गणमा मुकाम रहने र माघ १ गते नवलपरासी जिल्लाको हात्तिखोरस्थित श्री नं. २ वन तथा पर्यावरण सुरक्षा गणको निरीक्षण भ्रमण गरी सोही दिन काठमाण्डौं फिर्ता हुने कार्यक्रम रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com