आगलागीबाट सात लाखको क्षति

सप्तरी, २९ पुस । सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा सात लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । रुपनि गाउँपालिका–१ रायपुर बस्ने राजु यादवको गाईगोठमा शनिबार घुरबाट आगलागी हुँदा घर, गोठ, नगद, काठपात, अन्नपात, लत्ताकपडा गरी जम्मा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी टोली, बारुणयन्त्र र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

यसैगरी सप्तरीकै बेल्हीचपेना गाउँपालिका–३ बस्ने ठकाई साहको गुहालीघरमा शनिबार घुरबाट आगलागी हुँदा गाईगोठ, काठपात, अन्नपात, लत्ताकपडा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय पातोको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com