प्रथम वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

नारद कोहार, कपिलवस्तु, २९ पुस । साना किसान सहकारी संस्था लिमिटेड कपिलवस्तु नगरपालिका ९ निग्लिहवाको प्रथम बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथी कपिलबस्तु नगरपालिकाका मेयर किरण सिंहले साना किसानले गरेका कार्यहरु प्रसंशा याग्य रेहेको बताए । यसले आर्थिक रुपमा नभई समाजिक कार्यमा समेत आगमी दिनमा जोड दिने बताए । उनले भने मेरो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा कार्यक्रममा कपिलबस्तु नगरपालिकाका वडा नं. ९ का वडा अध्यक्ष शिव वाग्ले, साना किसान विकास बैंक ईलाका कार्यलयम बुटवालका प्रबन्धक शेर बहादुर चौधरी,साना किसान सहकारी संस्था मोतिपरका अध्यक्ष भिम प्रसाद सापकोटाको बिशिष्ठ आतिथ्यता,श्री कनक मुनि उच्च मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दराम यादव,निग्लिहवा समुदायिक विद्युत वितरक संघका अध्यक्ष अब्दुल रसिद खांको अतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष पुष्पा भुसालले गत आर्थिक बर्ष ०७३÷०७४ को ३ लाख ५० हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सथै आ.व. ०७४÷०७५ को ११ लाख ७२ हजार बराबरको लक्ष्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्य शोभा पोखरेल,असल ऋणी सिता देवी रोका,असल बचत कार्ता प्रकृती ज्ञवाली लाई सम्मन गरिएको थियो । कार्यक्रममा समाज सेबी,बुद्धजिवि र सहकारीका सेयर सदस्यहरु गरि ३ सय बढीको उपस्थिती रहेको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिका वडा नं. ९ मा रेहेको श्री कनक मुनि माध्यमीक विद्यालय जगदिशपुरमा भएको हो ।
सहकारीका अध्यक्ष पुष्पा भुसालको अध्यक्षता, उपाध्क्ष शशिकला मौर्याको स्वागत मन्तव्यमा भएको कार्यक्रको सञ्चालन प्रबन्धक बसान्त मुराउले गरेका थिए ।
यस्तै स्थानिय तहमा निर्वाचित मेयर, उपमेयर,बडा नंं. ९ र १० का वडा अध्यक्ष र सदस्यहरुलाई सम्मन गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com