कोशिस फाउण्डेशनद्वारा शीतलहरपीडितलाई राहत

भैरहवा, ३० पुस । कोशिश फाउण्डेशनका डा.सरिता यादवको संयोजकत्वमा १६ जनाको एक टोलीले रुपन्देही जिल्लास्थित मायादेवी गाउँपलिकाका ९६ जना शीतलहरपीडितलाई राहत वितरण गरेको छ ।

गरिब, वृद्धवृद्धा तथा बच्चाहरूलाई ९६ वटा कम्बल र हरेकलाई जाडो मौसमका लागि टोपी राहत स्वरूप प्रदान गरिएको जनाइएको छ । ४ ओटा कम्बल शहीद परिवारलाई दिने जिम्मा कोशिश फाउण्डेसनका सुभाष गुप्तालाई दिएका छन् ।

यस कार्यक्रममा थर्ड एलायन्सका अग्नि शक्ति यादव तथा स्थानीयवासीले सहयोग गरेको फाउण्डेशनका संस्थापक सुभाष गुप्ताले जनाएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com