मधेशी एकता समाजद्वारा माघी/खिचडी पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान

नेपालगन्ज, ३० पुस । मधेशी एकता समाज बाँकेले जिल्लामा माघी/खिचडी पर्वको पूर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालगन्ज बजारको महेन्द्र पुस्तकालयको सभा हलमा महेन्द्र प्रसाद थारुको अध्यक्षयतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि राजनीतिक विश्लेषक कैलाश महतो थिए ।

वक्ताहरु स्वतन्त्र मधेश गठबन्धनका राष्ट्रिय प्रवक्ता अब्दुल खान, नवनिर्वाचित विधायक संघीय समाजवादी फोरम नेपालका विजय यादव, युवा नेता ईरफान शेख, राजपाका केन्द्रीय सदस्य अधिवक्ता राम कुमार दिक्षित, ममता बनिया आदिले शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रवक्ता खाँनले आफूहरुले विखण्डनवादी नभएर अखण्ड मधेश र समृद्ध मधेशको पक्षमा रही शान्तिपूर्ण मार्गबाट मधेशलाई विश्वमानचित्रमा नक्साकंन गर्न चाहेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com