राजदूत पुरीद्वारा सीमानाको निरीक्षण

इलाम, ३० पुस । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पूर्वी सीमानाको स्थलगत भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् ।

राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् । उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागि समेत आफूले पहल गर्ने विश्वास दिलाए ।

दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्ने प्रतिबद्धता जनाएका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com