मिर्चैयामा मगर संघको शुभकामना

राम नारायण पंडित, सिरहा, ३० पुस । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका ६ स्थित भएको कार्यक्रममा मगर जातिको पहिरण, सांस्कृतिक प्रस्तुतिको साथै शुभकामना अदान प्रदान गरिएको थियो ।

नेपाली लोक संस्कृतिको विकास तथा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय नाच घर काठमांडौैका कालाकारहरुले लोक सांस्कृति झल्कने सांगितिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा माघे संक्रान्ति पर्वको महिमा तथा मगर समुदायको बारेमा चर्चा गरिएको थियो । मगर समुदायले माघे संक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउने गदर््छन् ।

नेपाल मगर संघ सिरहाका अध्यक्ष कारीमान पुलामी मगरको अध्यक्षता र संघका केन्द्रिय उपाध्यक्ष कमलपिठा कोठेमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामजर्घा मगर, रेशम थापामगर, लिलबहादुर बलम्पाकी र गणेश आलेमगर लगायतका सहभागिता रहेको मगर समुदायका अगुवा श्रबण बल्मपाकी मगरले बताए ।

जाडोले थप एकको मृत्यु
पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक महिलाको मृत्यु भएको छ । गएराति अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ । योसँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com