प्रदेश प्रमुख हुनका लागि उमाकान्त झा जस्तो योग्य राजपामा अरु कोही छैन : उपाध्यक्ष मण्डल

काठमाडौं, ३० पुस । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले प्रदेश प्रमुख हुनका लागि पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्वसचिव उमाकान्त झा योग्य व्यक्ति भएको बताएका छन् । उनले प्रदेश प्रमुखका लागि झा जस्तो योग्य व्यक्ति राजपामा अरु कोही नरहेको बताएका छन् ।

मधेशवाणी रेडियो कार्यक्रममा एक अन्तर्वार्ताको क्रममा उनले यस्तो कुरा बताएका छन् । राजपाले प्रदेश प्रमुखका लागि राजपाका महासचिवसमेत रहेका झाको नाम अगाडि सारेको भन्दै पार्टीभित्रै र बाहिर पनि विभिन्न आलोचना तथा आरोपहरु लाग्न थालेपछि उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यद्यपि राजपाले झालाई सिफारिस गरेको भन्ने औपचारिक जानकारी दिएको छैन । उनले राजपाबाट झा प्रदेश प्रमुखमा प्रस्तावित हुनु स्वागतयोग्य रेको बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com