लुम्बिनी अञ्चलसहित देशभरका नर्सहरु आन्दोलित

चन्द्रकान्त खनाल, रुपन्देही, ३० ३० पुस । देशभरका नर्सहरु आन्दोलित भैरहेको बेला लुम्बिनी अंचल अस्पतालका नर्सहरु पनि आन्दोलित बनेका छन् । विगत ४ दिनदेखी उनीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।

केन्द्रीय निर्देशन अनुसार आन्दोलित भएका नर्सहरुले दैनिक १ घन्टा काम अबरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन् । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिन नेपाल सरकारले बनाएको नर्स बिरामीको अनुपात लगायतका अस्पतालमा यथाशीघ्र लागू गरिनुपर्ने लगायतका माग राखेका राखेका छन ।आफुहरु माग पुरा नहुन्जेल आन्दोलित हुने नान लुम्बिनीकी सचिव बिष्णु खनालले बताईन ।

भोलीबाट भने केन्द्रीय कार्यक्रम अनुसार बिहान १० बजे देखी ३ घन्टा सम्म काम बन्दगरि आन्दोलनमा सहभागि हुने बताएका छन । सरकारले भने ४ दिन देखीमाग प्रति कुनै चासो देखाएको छैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com