जनकपुर उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति

जनकपुरधाम, ३० पुस । जनकपुर उद्योग वाणिज्य संघ नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको अध्यक्षमा ललितकुमार साह विजयी भएका छन् । उनले एक हजार पाँच सय ३९ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी पवन ठाकुरले चार सय ३५ मत प्राप्त गरे । यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह, उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी, महिला उपाध्यक्षमा दीपिका राय निर्वाचित भएका छन् ।

संघको महासचिवमा जितेन्द्रकुमार महासेठ, सचिवमा विकास साह र कोषाध्यक्षमा अशोककुमार चौधरी विजयी भएका छन् ।

महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com