मतादेशको अपमान भयो (सम्पादकीय)


मधेश आन्दोलनलाई अपमानित गर्दै मतादेशको मानमर्दन गरेका मधेशकेन्द्रित दलका नेतृत्वहरूले मधेशी जनता, शहीद, आन्दोलक र सहधर्मीसँग पुनः राजनीतिक बेइमानी गरेका छन् ।


मधेश आन्दोलनमा शून्य सहभागिता रहेका पात्रहरूबीच अवसर बाँड्नु, राम्राभन्दा पनि हाम्रालाई चयन गर्नु, सच्चा कार्यकर्ता र त्यागी पात्रहरूलाई लत्याउँदै भागवण्डाका आधारमा आफन्त, ग्राहक र साहुहरूलाई नियुक्ति दिएर मधेश आन्दोलनलाई बदनाम गर्ने/गराउने पात्रहरूका रूपमा इतिहासका पानाहरूमा तिम्रा कुकर्मको खण्डहरूलाई लेखिने मात्र होइन शहीदको रगत बिक्री वितरण गरे वापत कलंकितसमेत हुनु पर्ला । मधेशका नयाँ पुस्ताले तिमि अवसरवादीहरूलाई राजनीतिक कुकर्मीको रूपमा घृणा गर्नेछ ।


प्रकाशित मिति : २०७४ साल माघ ५ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com