सुनैनाको एकल चित्रकला प्रदर्शनी

काठमाडौं, ५ माघ । मिथिला कलाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म जगेर्ना जनाउँदै आएकी महोत्तरीकी सुनैना ठाकुरको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपाल कला परिषद्मा सोमबारदेखि सुरू भएको मिथिला कला प्रदर्शनी शुक्रबार सम्पन्न हुनेछ ।

मिथिला कलाकारितामार्फत् महिलाको समानताको अधिकारका साथै महिलाको क्षमताबारे उजागर गर्दै आएकी छन् । उनले खासगरी मधेशका महिला घुम्टोमा मात्र सीमित नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘मधेशका महिलाले अवसर पाए मुलुकको हरेक निकायमा सक्षम र सक्रिय जिम्मेवारी निर्वाह गर्न सक्छन् ।’



बबरमलस्थित आर्ट काउन्सिलमा ‘समानता’ विषयमा उनको दोस्रो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । उनको पहिलो कला प्रदर्शनी सन् २०१६ मा अमेरिकामा भएको थियो ।

उनले अन्तर्राष्ट्रिय अवार्डसमेत पाइसकेकी छन् । उनको एकल कला प्रदर्शनीमा लगभग २८ चित्रकलाहरू रहेका छन् । जसमा नारीको समस्त रूप, होलिका दहन, भगवान बुद्ध, माछा, गोदना रास लगायतका रहेका छन् ।

उनले अहिलेसम्म काठमाडौं, पोखरा, भारतका केही शहर लगायतका स्थानमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिसकेकी छन् । उनले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानबाट ललितकला विशेष पुरस्कार, अमेरिकाबाट कमन ग्राउण्ड अवार्ड पाइसकेकी छन् ।



उनले आफूमा भएको चित्रकला गाउँघरका अन्य महिलालाईसमेत सिकाउने गरेकी छन् । उनले महिला आत्मनिर्भरताका लागि यसले सहयोग पु¥याउनुका साथै चित्रकलामार्फत् मिथिला कलाको महत्वसमेत बढ्ने बताउँछिन् । उनले मिथिला कला आफैमा विशाल भएकोले यस क्षेत्र लगनशीलताका साथ लाग्ने हो भने महिला परनिर्भरता हटाउन सहयोग पुग्ने भावना व्यक्त गरेकी छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com