नेपाल–भारतको सम्बन्ध कसैले बिगार्न सक्दैन – चन्दा चौधरी

अध्यक्ष, नेपाल भारत महिलामैत्री समाज

० भारतले ६९ औं गणतन्त्र दिवस मनाएको छ । भारतको गणतन्त्र दिवसलाई नेपाली जनताले कुन दिवसको रूपमा लिनुपर्छ ?
— भारतको गणतन्त्र दिवसलाई नेपाली जनताले पनि खुशीकै रूपमा लिनुपर्छ । किन भने नेपालका सबैभन्दा निकटको मित्र राष्ट्र भारत नै हो । भारतमा भएको स्वतन्त्रता संग्रामदेखि हरेक किसिमको परिवर्तनमा नेपालको सहयोग रहँदै आएको छ भने नेपालमा भएका परिवर्तनका आन्दोलनमा भारतको सहयाग रहँदै आएको छ । त्यसकारण नेपाली जनताका लागि पनि खुशीको समय हो ।


० भारतीय गणतन्त्र दिवसको नेपालमा कस्तो महत्व रहेको छ ?
— भारतको गणतन्त्र दिवसको ठूलो महत्व छ । नेपाल भारत सम्बन्धको ७० वर्ष पूरा हुँदैछ । यसका साथै भारतले ६९ औं गणतन्त्र दिवस मनाउँदैछ ।


० भारतको गणतन्त्र दिवसबाट नेपालले के सन्देश लिनुपर्छ ?
— नेपालमा अस्थिर राजनीति छ । देश संघीयतामा गइसकेको छ । संघीय संरचनालाई व्यवस्था गर्ने धेरै काम बाँकी छ । नेपालमा पनि भारतमा जस्तै गणतन्त्र आइसकेको छ । तर, व्यवस्थापनको काम हुन सकेको छैन । हामीले भारतबाट पाठ सिक्नुपर्छ । भारतमा गणतन्त्र स्थापित भइसकेको छ । भारतले विकास र समृद्धिको बाटोमा अघि बढेको छ । हामी पनि त्यसअनुसार अगाढि बढ्नुपर्छ ।


० नेपाल र भारतबीचको सम्बन्धलाई कुन रूपमा लिनुभएको छ ?
— नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक मात्र होइन । नेपाल र भारतबीचको सम्बन्ध कसैले बनाएको छैन । कसैले बिगार्न पनि सक्दैन । नेपाल र भारतबीच जनता–जनताबीचको सम्बन्ध छ । प्राचीन कालदेखिको सम्बन्ध हो । त्यसकारण यो सम्बन्धलाई कसैले तोड्न सक्दैन । कसैले कमजोर बनाउन सक्दैन । नेपाल भारतबीचको सम्बन्ध धेरे प्रगाढ छ । जनता–जनताबीच अत्मीयताको सम्बन्ध छ । दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध छ ।


० नेपाल र भारतबीचको सम्बन्ध अझ् प्रगाढ बनाउन अब बन्ने सरकार कसरी अगाढि बढ्नुपर्छ ?
— यसका लागि सरकारले विभिन्न पक्षबीच अनुभव आदान प्रदानको काम गर्नुपर्छ । बुद्धिजीवी, महिला, युवालगायतले एकअर्काको मुलुकमा गएर अनुभव आदान प्रदान गर्नुपर्छ । भारतमा के राम्रो छ, यसका लागि त्यही गएर बुझ्नु आवश्यक छ । दुई पक्षीय भ्रमणहरू भइरहनु आवश्यक छ । नेपाल र भारतका सरोकारबालाबीच अन्तत्र्रिmयात्मक कार्यक्रमहरू भइरहनु आवश्यक छ । यसले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउँछ । हुन त हाम्रो संस्था महिला मैत्री समाजबाट थुप्रै अन्तक्र्रिया कार्यक्रमहरू भएका छन् । यसका साथै देश संघीयतामा गइसकेको अवस्थामा प्रान्त सञ्चालनसम्बन्धी अनुभवका लागि पनि दुई पक्षबीच प्रान्तीय भ्रमणहरू हुन पनि आवश्यक छ ।


० समय समयमा नेपाल र भारतबीचको सम्बन्धलाई लिएर टिकाटिप्पणी पनि हुने गरेका छन् । यसलाई कुन रूपमा लिनुभएको छ ?
— यस्तो काम केही व्यक्तिले गर्दै आएका छन् । हुन त यसले कुनै फरक पर्दैन । कसैले बोल्दैमा नेपाल र भारतबीचको सम्बन्ध बिग्रिँदैन । उच्चस्तरीय भ्रमणहरू भई नै रहेको छ । अर्थात् कसैले बोलेर आ दोषारोपण गरेर सम्बन्ध बिग्रिँदैन ।


० भारतले विभिन्न विषयमा हस्तक्षेप गर्ने गरेको पनि आरोप लगाउने गरिन्छ नि ?
— हस्तक्षेप के मानेमा । नेपालमा कुनै समस्या हुँदा स्वभाविक छ, भारतले चासो देखाउँछ । हाम्रो खुला सिमाना छ । त्यसकारण पनि दुवै देशमध्ये कुनै एकमा कुनै समस्या भयो, भने अर्को देशले चिन्ता देखाउनु स्वभाविक छ । यसलाई हस्तक्षेप भन्न मिल्दैन । छिमेकीको नाताले सरसल्लाह दिनु स्वभाविक छ ।


० भारतले समय समयमा नेपालको विकास लागि गर्दै आएको सहयोगलाई कुन रूपमा लिनुभएको छ ?
— यसलाई राम्रो रूपमा लिनुपर्छ । भारतले नेपालको शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सडक, विद्यालयलगायत निर्माणमा पनि सहयोग गर्दै आएको छ । त्यति मात्र होइन भारतले १५ अगस्त र २६ जनवरीमा एम्बुलेन्सलगायतका अत्यावश्यकीय साधन नेपाललाई दिँदै आएको छ । यसका साथै भारतले हरेक वर्ष नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । पछिल्लो समय छात्रवृत्ति बढ्दै गएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यो खुशीको कुरा हो । नेपाललाई अझै सहयोग गर्न भारतसँग आग्रह गर्छु ।


० नेपाल भारत महिला मैत्री समाजले गणतन्त्र दिवस कसरी मनाउँदैछ ?
— हामीले सर्लाही र महोत्तरीमा सिलाइकटाइ तथा व्यूटिसियन तालिमको आयोजना गर्दैछौं । त्यसपछि फरबरीमा चितवनमा पनि तालिमको आयोजन गर्ने लक्ष्य छ । चार जिल्लामा तालिम दिने योजनाअन्तर्गत भक्तपुरमा सम्पन्न भइसकेको छ । यसका साथै रौतहटको गौरमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम राखेका छौं । हामीले ग्रामीण क्षेत्रका महिलालाई केन्द्रमा राखेका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं ।


० यो संस्थाले गरेको कार्यक्रमबाट महिलाहरू कत्ति लाभान्वित भएका छन् ?
— हाम्रो संस्था चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । यसअवधिमा यो संस्थामार्फत् थुप्रै कार्यक्रम भएका छन् । महिलाहरूको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गरिसकेका छन् । यसका साथै हामीले दुई पक्षीय अन्तक्र्रिया, अनुभव आदानप्रदानलगायत कार्यक्रम पनि गर्दै आएका छौं ।

 

प्रकाशित मिति : २०७४ साल माघ १२ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com