राराब क्याम्पसका विद्यार्थीको माग सम्बोधन गर : महासचिव निस्पक्ष

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपाल आवद्ध राजपा विद्यार्थी संगठनले जनकपुरको रामस्वरु रामसागर बहुमुखी क्याम्पस (राराब)मा १३ सूत्रीय माग राखी आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुको माग अविलम्ब पूरा गर्न क्याम्पस प्रमुख विजय कुमार लालसँग राजपा विद्यार्थी संगठनका महासचिव रंजित निस्पक्षले माग गरेका छन् ।

राजपा विद्यार्थी संगठनले क्याम्पस प्रमुख विजय कुमार लाललाई क्याम्पसमा सुधार लयाउनका लागि पटक–पटक ज्ञापन पत्र, ध्यानाकर्षण पत्र बुझाउँदै आएको छ । तर, क्याम्पस प्रमुखले विद्यार्थीहरुको मागलाई बेवास्ता गरेकोले बाध्य भएर राजपा विद्यार्थी संगठन आन्दोलित भएको कुरा महासचिव निस्पक्षले बताएका छन् ।

क्याम्पसमा नियमित पठनपाठन, क्याम्पस प्रमुखले बढाएको शैक्षिक शुल्क फिर्ता लिन, प्रत्येक कक्षा कोठामा ह्वाइट बोर्डको व्यवस्था गर्न, विज्ञान संकायका (आइ.टी) विद्यार्थीहरुको कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गर्न, फिजिक्स, क्यामेस्ट्री ल्याबको व्यवस्था गर्न, छात्रछात्राबास होस्टेलको व्यवस्था लगायत १३ बुंदे माग राखी राजपा विद्यार्थी संगठन आन्दोलनमा उत्रेका छन् ।

विद्यार्थीहरुसँग टिउशन फि, खेलकुद फि, स्वास्थ उपचार केन्द्र फि लगायत अनेकौं फि क्याम्पस प्रमुखले उठाइरहेको तर विद्यार्थीहरुलाई सुविधा नदिनु क्याम्पस प्रमुखको तानाशाही प्रवृतिको निन्दा महासचिव निस्पक्षले गरेका छन् ।

यदि आन्दोलनरत बिद्यार्थीहरुको माग क्याम्पस प्रमुखले अविलम्ब पुरा नगरे कडा आन्दोलमा उत्रिने र आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी क्याम्पस प्रमुखले लिनुपर्ने चेतावनी महासचिव रंजित निस्पक्षले दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com