बुटबलमा सञ्चालन हुने क्यान ईन्फोटेकमा अफरै अफर

चन्द्रकान्त खनाल, रुपन्देही, २९ माघ । बुटवल मण्डपमा फागुन २ गतेदेखि ६ गतेसम्म सातौं स्टाटअप क्यान ईन्फोटेक हुने भएको छ । २ करोडको कारोबार हुने र मेला सम्पन्न गर्न ५० देखि ६० लाख खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।

क्यान महासंघ रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठले ३० हजार पास वितरण गरिसकेको भन्दै ईन्फोटेकमा आउनेहरुले सूचना तथा प्रविधिका नया नया प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद गर्न पाउने बताए ।

सनराईज बैकले भने हरेक दिन टिकट काटी भित्र पस्नेलाई बैकको तर्फबाट ४०० सय जम्मा गरिदिने भएको छ ।

कार्यक्रममा क्यान महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज कुवरले इन्फोटेकका बारेमा चर्चा गरेका थिए । सो प्रदर्शनीमा फ्रि सर्भिस क्याम्प, नेपाली टाईपिङ कम्पिटिसन, डान्स कम्पिटिसन,आइसिटी क्विज,भर्चुवल गेमिङ लगायत पनि आर्कषणको रुपमा रहने बताइएको छ ।

मेला स्थलमा दैनिक रुपमा सरोकारवालासंग छलफल तथा अन्तक्रियाहरु हुने छन । सुरक्षा निकायसंग बैठक,क्यानका ब्याक्तिगत सदस्यहरु र स्कुल तथा कलेजमा क्यानले गठन गरेका आइसिटी क्लवका अध्यक्ष तथा पदाधिकारीसंग पनि छलफल गर्ने जनाएको छ । त्यस्तै २५ बढि स्कुलका प्रिन्सिपलहरु संग छलफल गरिएको र त्यसका बिद्याहरुलाई अबलोकन गराउने समेत बताईएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com