लूटतन्त्रको अन्त्य नभएसम्म गणतन्त्र बलियो हुँदैन : उपेन्द्र यादव

राकेश यादव, रौतहट, २९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लुटतन्त्रको अन्त्य नभएसम्म गणतन्त्र बलियो नहुने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिकाको प्रथम नगर सभाको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष यादवले तीन दलप्रति लक्षित गर्दै पहिला भनिदै आएका मर्सिया र धोती अब कसैले भन्ने साहस गर्न सकिदैन मधेशमा मधेशीको नेतृत्व स्थापित भएकोले हेप्ने प्रवृतिको अन्त्यत भइसकेको बताए ।

महाभारतमा पाण्डव र कौरवको उदाहरण दिँदै अध्यक्ष यादवले भने शासकवर्गले बन्जर जमीन भनेर दिएको २ नंबर प्रदेश भविष्यमा इन्द्रापरस्त बन्नेछन् ।

गणतन्त्र, संघीयता, समावेशितालाई संस्थागत गर्न संघर्ष जारी रहेको बताउँदै यसको रक्षा गर्नका लागि संघर्षको स्वरुप परिवर्तन गरेको उल्लेख गरे ।

अधिकारको साथसाथै विकास निर्माणको संघर्ष गरिनु पर्ने अहिलेको आवश्यकता रहेको जोड़ दिँदै संघीयता, लोकतन्त्र, गणतन्त्र मजबूत बनाउन पहिलादेखि कायम रहेको लूटतन्त्र, भ्रस्टतन्त्रको अन्त्य गरिनुपर्ने धारणा राखे ।

मधेश विद्रोहबाट प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने उद्देश्यले तीन दलले षड्यन्त्र गरी मधेशलाई ८ जिल्लामा सीमित गरेको आरोप लगाउँदै अध्यक्ष यादवले विकास निर्माण, शिक्षाको सुधार, आर्थिक विकासका लागि संघर्ष गरी प्रदेशको विकास गर्नु पर्ने प्राथमिकता प्रति जोड़ दिए ।

उनले भने, ‘संघर्षको स्वरुप फेरिएको छ, मधेशमा मधेशीको आफ्नो सत्ता आएको हुँदा बाँकी अधिकार पनि मिल्ने छन् ।’ विकासको मूलाधार नगरपालिका र गाउँपालिका रहेकोले शिक्षा ,स्वास्थ्य ,बेरोजगारी समस्या समाधान को लागि इमान्दारिता पूर्व आफ्नो दायित्व निर्वाह गर्न सवै स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।

सबैभन्दा पछाडि परेका रौतहटको विकासोन्मुख जिल्लाको रुपमा स्थापित गर्न प्रमुख चुनौती रहेकोले इस तरफ गंभीरता पूर्वक ध्यान दिन सुझाव दिए । अधिकांश समय रौतहटको शिक्षा र स्वास्थ्यको विकास गर्नु पर्नेमा खर्चेका सांसद यादवले अधिकार प्राप्तिको संघर्षको साथै आर्थिक विकास निर्माणको अभियान सञ्चालन गरी गरीवी ,बेरोजगारी अंत गर्नु पर्नेमा जुटन अपील गरे ।

अध्यक्ष यादवले पानको सानो पसल जस्तो भएका पूर्वाधार बिहीन गाउँ, क्षेत्रलाइ करको भारमा दमन गर्ने सोचले षड्यन्त्रपूर्वक मधेशमा नगरपालिका र गाउँपालिका बनाइएको टिप्पणी गरे ।

कार्यक्रममा नगर प्रमुख इन्नु राय यादवले आर्थिक वर्ष २०७४।२०७५ का लागि ३९ करोड़ ७२ लाख ४३ हजारका बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा यादवलाई ५१ किलोको माला लगाई स्वागत गरिएको थियो । प्रदेश सभा सदस्य रामकिशोर यादव, योगेन्द्र राय यादव, जिल्ला समन्वय समितिका प्रमुख रामएकबाल यादव, यमुनामाई गाउँपालिकाका प्रमुख श्रीप्रकाश मुखिया, गौर नगरपालिका उपप्रमुख किरण ठाकुर लगायतका सहभागिता रहेको उदघाटन समारोहमा पूर्व गा वि स अध्यक्ष, सामाजिक सेवामा योगदान पुर्याएका व्यक्तिहरुलाई दोसल्ला आधार सम्मानित गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com