भारतीय सेनाध्यक्ष काठमाडौंमा

काठमाडौं, १ फागुन । प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा तीनदिने नेपालको औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र भारतका भारतीय सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।

नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मंगलबार आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी नेपाल भ्रमणमा आएका हुन् । भ्रमण सम्पन्न गरी उनी बुधबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै, उनले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गर्नुको साथै नेपालका केही महत्वपूर्ण धार्मिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई मिलिटरी डिप्लोमेसीको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com