मिथिला क्षेत्रमा महाशिवरात्री पर्व बुधबार

काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री काठमाडौं लगायत देशका केही ठाउँमा आज मनाइरहेको छ भने मिथिला क्षेत्रमा भोली बुधबार मनाइने भएको छ ।

पण्डित गंगेश मिश्र शास्त्रीका अनुसार वास्तवमा महाशिवरात्री बुधबारकै दिन हुनुपर्ने हो । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।

शास्त्रीका अनुसार प्रदोष कालमा जुन तिथि पर्छ त्यो दिन महाशिवरात्री पर्व मनाउनुपर्ने मान्यता छ ।

आज राती पौने ११ बजेसम्म त्रिदशी नै रहनेछ र भोली पौने १ बजेसम्म चतुर्दशी रहने भएकोले खासमा महाशिवरात्री बुधबार नै मनाउनु पर्ने शास्त्रीको तर्क छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com