प्रदेश २ को सभामुखमा सरोज यादव निर्विरोध

जनकपुरधाम, १ फागुन । प्रदेश नं. २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ को सभामुखका लागि यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ मा सबभन्दा ठूलो दल राजपा र संघीय फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुख र फोरम मुख्यमन्त्री पाउने छन् । सोहीअनुसार राजपाका उपाध्यक्ष यादव सभामुख भएका हुन् । बुधबार प्रदेशसभाले यसलाई औपचारिकता दिनेछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com