दुई छुट्टाछुट्टै दुर्घटनामा रुपन्देहीमा दुईको मृत्यु

रुपन्देही, १ फागुन । रुपन्देहीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न जाँदा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया बस्ने २५ बर्षीय विनोद कहार र पछाडी सवार सोही ठाउँ बस्ने ३२ बर्षीय शम्भु मल्लाह घाईते भएकोले उपचारको लागि भिम अस्पताल भैरहवामा पठाईएकोमा विनोद कहारको बाटोमै मृत्यु भएको ।

यसैगरी बुटवल उपमहानगरपालिका–१२ स्थित महेन्द्र राजमार्गमा सोमबार लु.१ख ७७६५ नम्बरको ट्रकमा लु.३६प १२४२ नम्बरको स्कुटर ठोक्किदाँ स्कुटर चालक सैनामैना–४ मुर्गिया बस्ने ४२ बर्षीय जोक बहादुर क्षेत्री र मोटरसाइकल पछाडी सवार तिलोत्तमा नगरपालिका–११ बस्ने १७ बर्षीय संजिव पोख्रेल घाईते भएकोले उपचारको लागि लुम्बिनी अंचल अस्पताल बुटवल पठाईएकोमा संजिव पोख्रेलको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका जोक बहादुर क्षेत्रीलाई थप उपचारको लागी ग्राण्डी अस्पताल धापासी काठमाडौं पठाईएको छ । सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com