प्रदेश ५ को सभामुखमा वाम गठबन्धनका घर्ती एकल उम्मेदवार

चन्द्रकान्त खनाल, रुपन्देही, १ फागुन । प्रदेश नं. ५ मा सभामुखका लागि मनोनयन दर्ता भएको छ । सभामुखका लागि नेकपा माओवादी केन्द्रका नेता रुकुमका पूर्ण घर्तीको उम्मेदवारी परेको हो ।

प्रदेश ५ मा बाम तालमेलका कारण उनी सभामुख बन्ने पक्का छ । फागुन २ गते बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन हुनेछ ।

यसका लागि संसद सचिवालयमा मंगलबार मनोनयन दर्ता गरिएको हो । बिहान १० बजेदेखि दिउसो ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको भएपनि अरुको उम्मेदवारी परेको छैन ।

घर्तीलाइ सभामुखमा निर्बाचित गरियोस भन्दै माओबादीका सचेतक दधिराम शर्मा प्रस्ताबक र एमालेका सचेतक भुमेश्वर ढकालको समर्थन सहित मनोनयन पत्र बुझाइएको हो ।

बाम गठबन्धन बिच यस अघि नै भएको सहमती अनुसार प्रदेश नं. ५ मा नेकपा एमालेलाइ मुख्यमन्त्री र माओवादीलाई सभामुख दिइने सहमती भएको छ ।

भोली सभामुखले प्रदेश प्रमुखसंग सपथ लिने ब्यवस्था छ । सपथ पछि सभामुखले कार्यभार सम्हाल्ने छन् ।प्रदेश ५ ले फागुन ३ गते सानो आकारको मन्त्रीमण्डल पाउने भएको छ ।

फागुन ३ गते ३ बजे ३ जना मन्त्रीले सपथ लिने कार्यक्रम छ । मुख्यमन्त्रीमा एमालेका शंकर पोखरेल एमालेका बैजनाथ चौधरी नवलपरासीे र माओबादीका कृष्णध्वध खड्का मन्त्री बन्ने छन । तर उनलाई कुन मन्त्रालय दिने भने टुगोनलागेको जनाईएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com