बुटवलमा ६ दिने राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने, उद्घाटन प्रदेश प्रमुख झाले गर्ने

चन्द्रकान्त खनाल, रुपन्देही, १ फागुन । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा सुरु हुने राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

६ दिनसम्म चल्ने मेलामा प्राङ्गारिक कृषि र कृषि प्रविधिका मात्र स्टल रहने छन् । मंगलबारसम्म एक सय २० स्टल दर्ता भएको संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुले बताए ।

मेलास्थलमा स्टल निर्माण, स्टेज निर्माण, गेट निर्माण, सरसफाईका काम सकिएका छन । माछा पोखरी खन्ने र माछा तथा च्याउका परिकार सहितको महोत्सवका केही स्टल बनाउने काम आजदेखि सुरु भएको छ ।

मेलाको बिहीबार १० बजे ५ नम्वर प्रदेशका प्रमुख उमाकान्त झाले उदघाटन गर्ने कार्यक्रम रहेको छ । मेलाको तयारीका क्रममा आज संघका पुर्व अध्यक्ष, परामर्शदाता र बिभिन्न सरोकावाल सरकारी निकायका प्रमुखहरुसंग मेला स्थलमा छलफल भएको छ ।

त्यसक्रममा संघका अध्यक्ष खिम बहादुर हमालले बुटवलको पहिचान बढाउन र कृषिको व्यवसायीकरणका लागि आयोजना गरीएको मेलालाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहरभवनका प्रमुख दिवशराज बिष्ट, जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा, बुटवल बहुमुखि क्याम्पसका प्राध्यापक आनन्दमान सिंह शाक्य, उद्योगि रतनलाल अग्रवाल, लेखापरीक्षक नेत्र ज्ञवाली, संघका बाणिज्य उपाध्यक्ष हरी अर्याल, महासचिव दिनेश प्रसाद श्रेष्ठ लगायतले वोलेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com