सरकारी विद्यालयको प्रधानाध्यापक पब्लिक कलेजमा पढाउँदै

सिरहा, १ फागुन । जिल्ला शिक्षा कार्यालयाकै मिलेमत्तोमा जिल्लाका विन्नि सामुदायीक विद्यालयका शिक्षकहरु अन्य पब्लिक कलेज तथा निजी विद्यालयहरुमा काम गरिरहको बुझिएको छ ।

जिल्ला शिक्षा कार्यालयसँग कुनै अनुमति नलिई यहाँका शिक्षकहरुले पब्लिक कलेज तथा निजी विद्यायमा काम गरिरहेको छ । यहाँसम्मकी सामुदायीक विद्यालयका शिक्षकले सोही प्रकृतिको अन्य ठाउँमा प्रमुखको जिम्मेवारीमा बस्न नपाउने व्यवस्था भएपनि रामप्रताप रामप्रसाद जनता बहुमुखि क्यमम्पस गोलबजारमा सामुदायीक विद्यालयका स्थायी शिक्षक किशोर कुमार साह प्रमुख भएका छन् ।

उनी विष्णुपुरकटट्ी स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हुन् । कानुनको खिल्ली उडाँउदै क्याम्पसको प्रमुख रहेका किशोर साहको बारेमा जिल्ला शिक्षा कार्यालयलाई जानकारी हुँदा पनि जिल्ला शिक्षा कार्यालयले त्यसमा कुनै चासो दिएका छैनन् ।

बरु जिल्ला शिक्षा अधिकारीले अनुगमन गर्दा किशोर साह नियमित विद्यालय जानेगरेको भन्दै जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले उनकै बचाउ गरे ।

यता विद्यालयका प्रधानाध्यापक अशोक श्रेष्ठले मिलाएरै चलिरहेको बताए । उनले, ‘ढिलो चाडो विद्यालय आउनु हुन्छ, पठन पाठनमा अपठ्यारो नभएको भन्दै सवै मिलेरै चलेको छ यहाँ पनि मिलाएरै चलिरहेको छ ।’

यहि विद्यालयमा कार्यरत एक शिक्षकले भने उनको हकमा प्रअले नै विशेष छुट दिएको सुनाए । व्यग्य गर्दै उनले भने, ‘हामी विद्यालय पुग्न थोरैमात्र ढिलोभएभने हप्की, दप्की खानु पर्छ, किशोरी जी जतिखेर आउँदा पनि हुन्छ नआउँदा पनि हुन्छ, यहाँको चलन यस्तै छ ।’

सोही विद्यालयमा अध्ययनरत विद्यार्थीहरु भने सामाजिक विषय पढाउने शिक्षक नियमित नआएपनि पढाई भने प्रभावित नभएको बताउँछन् । उनीहरुले सामाजिक विषयका शिक्षक नआएका दिन प्रधानाध्यापक आफैले सो विषय पढाई दिने गरेको बताए ।

सोही विद्यालयका कक्षा १० मा अध्ययनरत श्रीराम यादवले कहिलेकाही आउनु हुन्छ, नआएको दिन प्रअले नै पढाउने गरेको बताए । कक्षा ९ मा अध्यनरत विनिता साहले सातामा दुई तीन दिन जति आउनु हुन्छ त्यो पनि ढिलोगरीमात्र विद्यालयमा देखिने गरेको बताए ।

कक्षा ९ का अनिता परियारको भनाई पनि त्यस्तै रहेको छ । गर्मिको समयमा दुवैतिर एकैसमयमा कक्षा संचालन हुने र प्रसाशानिक काम पनि गनुपर्ने भएकाले साहले कहिले यता र कहिले उत्ता गरेर काम गर्ने गरेको बुझिएको छ । यस्तो वेलामा दुवैतिर समय दिएपनि कलेजमा भने आएरपनि हाजिरी नगरेको खुलासा भएको छ ।

त्यसैगरी सो कलेजमा कल्याणपुर श्रोत केन्द्रका श्रोत व्यक्ति भगवानबाबु साह, जमाबि कसाहामा कार्यरत प्रदिप साह, सरस्बति माबि जम्दहका शिक्षक राजकुमार राई, प्राबि औरहाका प्रध्यानाध्यापक प्रेम अधिकारी, माबि कबिलासीका राहत शिक्षक गुलाब यादब, माबि चैनपुरका शिक्षक ईश्वर स्यांगबा, जनता बनबाली माबि बर्छबाका शिक्षक धनिकलाल मंडल र सुर्य नारायण सत्य नारायाण यादब मरबैता बहुमुखि क्याम्पस सिजे यादब रामप्रताप रामप्रसाद जनता कलेजमा अध्यापन गराई रहेका छन् ।

त्यसैगरी, मिर्चैयास्थित व्रम्हचारी कलेजमा पनि सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक संजिव साह, मोहन माध्यमिक विद्यालयका रामसेवक महरा, आधारभुत विद्यालय लक्ष्मीपुरका जितेन्द्र यादव, बननिया मा.वि.का त्रिलोकानन्द ठाकुर सहित एक दर्जन सामुदायीक विद्यालयका शिक्षकहरुले काम गरिरहेको जनाएको छ ।

सरकारी विद्यालयमा कार्यरत धेरै जसो शिक्षकहरुले एक दुईघण्टिमात्र गर्ने गरेको क्यमम्पस प्रमुख संजय साहले बताए । उनले आफूविस्तारै यसलाई पनि कम गर्दै नयाँ शिक्षक भर्ना गर्ने प्रकृयामा रहेको भन्दै कलेजको आर्थिक अवस्थाका कारण पनि उनीहरुलाई राख्नु परेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com