प्रदेश २ : लालबाबु राउत मुख्यमन्त्रीमा नियुक्त

जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो.लालबाबु राउत गद्दी नियुक्त भएका छन् ।

बुधबार राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख कायस्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र प्रदान गरेका छन् । नवनियुक्त मुख्यमन्त्री राउतको शपथ भोली बिहीबार हुनेछ ।

प्रदेश २ मा राजपा र फोरमले गठबन्धन बनाएर चुनाव लडेका थिए भने मन्त्रालय बाँडफाँडका लागि सहमति पनि गरेको थियो । समतिअनुसार फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने भाडवण्डा मिलाएका थिए ।

राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् । यता, राजपा फोरम गठबन्धनलाई मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन गरेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com