शिव सेनाको शाखा बिस्तार

दिनेश ठाकुर, नेपालगन्ज, २ फागुन । नेपाल शिवसेना बाँकेले आफ्नो शाखा विस्तार गरेको छ । नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारको अध्यक्षमा डुडुवा गाउँपालिका वडा नं. ५, ६, छिटईपुर्वा, नयाँबस्तीमा नागेश्वर यादवको अध्यक्षतामा वडा समिति गठन गरिएको छ ।

नव गठित वडा समितिको उपाध्यक्षमा भुसैली वर्मा, सचिवमा दुखेलाल वर्मा, सहसचिवमा रामनरेश यादव तथा कोषाध्यक्षमा देशराज यादव रहेको केन्द्रीय सदस्य मदन राज शर्माले बताए ।

यसैगरी सदस्यहरुमा क्रमशः राजेन्द्र वर्मा, विष्णु यादव, विनोद हरिजन, बलिराम यादव, कमलेश यादव, विजय कुमार यादव, राधेश्याम हरिजन, चन्द्र मौर्या, धनपत राढ, रमेश यादव, बच्छराज यादव, देवी प्रसाद यादव, कुँवारे यादव, बाबादीन यादव, जगतराम यादव, उमेश मौर्या, सन्तराम मौर्या रहेका छन् भने सल्लाहकारमा खेलावन यादव रहेको नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष रौनियारले जानकारी दिए ।

कार्यक्रममा ५० बढीको सहभागिता रहेको नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष रौनियारले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com