बाल संजालले आन्दोलन गर्ने

चन्दनकुमार यादव, राजविराज, २ फागुन । स्थानीय सरोकारवालाहरूले सहमति कार्यान्वयन नगरेको भन्दै नगर बाल संजालले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासँघ सप्तरी शाखामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले स्थानीय प्रशासनले गत असोजमा आफूहरूले उठाएको माग १० दिनमा पूरा गर्ने सहमति गरे पनि हालसम्म कार्यान्वयन नगरेकोले आन्दोलनमा जाने बताए ।

बुधबार राजपिराज नगर बाल संजालका अध्यक्ष मोहम्मद जकाउल्लाहले पत्रकार सम्मेलनमा बालबालिकाहरूको हकअधिकारको वारेमा १४ बुँदे मागसहित असार ३ गते रिले अनसन बसेको बताए ।

त्यसपछि असोज १८ गते अनसन बसेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी नगरप्रमुख शम्भु यादब, जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डे लगायत विद्याथी संगठनहरूले १० दिनभित्र माग पूरा गर्ने सहमति पछि अनसन स्थगन गरेका थिए, जकाउल्लाले पत्रकार सम्मेलनमा बताए ।

बालबालिकाहरूले उठाएका १४ बुँदे मागहरूमा कुनै पनि बन्द हडतालमा विद्यालय एक दिनका लागि पनि बन्द नगरी शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, एक कक्षा उतीर्ण गरी अर्काे कक्षामा जानका लागि पुन भर्नाको चार्ज नहुनुपर्ने, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, शिक्षामा सुधार ल्याउन नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

यसैगरी, हरेक सरकारी विद्यालयमा बैशाख २५ गते भित्र किताब पुर्याउनु पर्ने, समयमै विद्यार्थीको हातमा किताब दिनुपर्ने, किताबमा हुने मनपरी मुल्य बन्द हुनुपर्ने, कुनै पनि जातजातिको चाँड पर्वको बिचमा कुनै किसिमको परीक्षा नराख्नुपर्ने, किताब कम्पनीहरूले निजी विद्यालयहरूमा मेरो किताब लगाउन भनेर पैसा चलखेल गर्ने त्यस्ता कम्पन्नीलाई कार्यवाही गर्नुपर्ने माग राखेको अध्यक्ष जकाउल्लाहले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com