प्रदेश २ का सभामुख यादवद्वारा शपथ ग्रहण

जनकपुरधाम, २ फागुन । प्रदेश नं. २ को सभामुखमा निर्विरोध निर्वाचित सरोजकुमार यादवले शपथ ग्रहण गरेका छन् ।

बुधबार प्रदेशप्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराएका छन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर, नवनियुक्त मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी लगायतको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com