मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तीव्र

वीरगंज । राधिका मुभिज प्रोडकसन प्रा.लि. वीरगंजको आयोजनामा आउदो चैत ३ गते हुन लागेको मनोरञ्जनात्मक प्रस्तुतीको तयारी तीव्र पारिएको जनाइएको छ । वीरगंजको माईस्थानमा अवस्थित राधिका मुभिजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक राजाबाबुले वीरगंजको नारायणी रंगशालामा चैत्र ३ गते हुन लागेको प्रस्तुतीमा भारत तथा नेपालको प्रख्यात स्टार कलाकारहरुले मनोरञ्जन गराउने बताए ।

सो प्रस्तुतीमा भोजपुरी सिनेमाका सुपरस्टार अभिनेता खेसारीलाल यादव, अभिनेतृ एवं कलाकारहरु अंजना सिंह, मुस्कान राज, निशा सिंह, शुभी शर्मा, यस मिश्रा, स्वेता शर्मा, जानवी जयकार, कमेडी किंग बताशा चाचा, विकाश ठाकुर, सकल बलमुआ, प्रदिप पंडित तथा नेपाली नृत्यका स्टार रोमा न्यौपाने लगायतको बेजोड प्रस्तुती हुने बताए ।

सो प्रस्तुतीमा सहभागी भई मनोरञ्जनको लाभ लिन समेत सबैमा आग्रह गरे । राधिका मुभिजका अध्यक्ष सुरेश साह कानुको सभापतित्वमा भएको कार्यक्रममा रेडियो बिन्दासका आर.सी. यादव, त्यसैगरी मुकेश सोनी, राजिव यादव, बिजय टायसन, प्रदिप पंडित लगायतको विशेष सक्रियता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com