अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं, १३ फागुन । हिन्दी सिनेमाकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । हृदयघातका कारण दुबईमा उनको निधन भएको भारतीय समाचारमाध्यमहरुले जनाएको छ ।

भारतीय मिडियाका अनुसार उनी आफ्नो भतिजाको बिहेमा सहभागी हुन दुबई गएकी थिइन् । उनको निधनप्रति बलिउड इन्डस्ट्रिज र उनका फ्यानहरुले गहिरो शोक व्यक्त गरेका छन् ।

उनले बाल कलाकारको रुपमा ‘मे तेलुगु’ र ‘मलयालम’ चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् । 

हिम्मतवालाको ‘नैनो में सपना’, मिस्टर इन्डियाको ‘हावा हवाइं’, नागिनाको ‘मै तेरी दुश्मन’, चाँदनीको ‘मेरे हाथो मैं नौ नौ चुडीयाँ’, आदि फिल्मी नृत्यमा श्रीदेवी निकै चर्चित छिन् । 

श्रीदेवीलार्इ भारतकी पहिलाे 'महिला सुपरस्टार' का रुपमा लिइन्छ । उनी चाएल्ड आर्टिस्टको रुपमा सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी थिइन् । उनले १३ वर्षको उमेरमा मुन्द्रु मोदीक्षुमा एडल्टको भूमिकामा पहिलो पटक अभिनय गरेकी थिइन् ।

श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको छ । फ्रेब्ररी २५ शनिवार राति ११:०० देखि ११:३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ । श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । बोनी कपुरकी दोश्री श्रीमती श्रीदेवीका जान्हवी र खुशी  दुई छोरी छन् ।

‘रुप कि रानी’ उपनामले चर्चित श्रीदेवीको हिम्म्तावाला, सदमा, मिस्टर इन्डिया, नगिना, चाँदनी, चालबाज, लम्हे, गुमराह, खुदागवाह, जुदाई जस्ता दर्जनौं लोकप्रिय फिल्महरु छन् ।

श्रीदेवीको पहिलो हिन्दी फिल्म ‘सोलाह सावन’ सन् १९७९ मा सार्वजनिक भएको थियो । तर उनको लोकप्रियता सन् १९८३ मा आएको फिल्म ‘हिम्म्तावाला’ ले दिएको थियो । हिम्मतवाला पछि उनका धेरैजसो फिल्महरु हिट हुँदै गए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com