जग्गा अतिक्रमणको चपेटामा

महोत्तरी, १५ फागुन । बर्दिवास नगरपालिकाको पुरानो विद्यालयको जग्गा अतिक्रमणको चपेटामा परेको छ । बर्दिबास–२ स्थित जनता माविको नगर क्षेत्रभित्रकै २१ बिघा जग्गामध्ये नौ बिघा जग्गा अतिक्रमणमा परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । बर्दिवासको शाखसँग जोडिएको सो विद्यालयका नाउँमा दर्ता रहेको २१ बिघा जग्गामध्ये अहिले १२ बिघा मात्र भोगचलन हुनसकेको छ ।
छ महिना पहिलेसम्म १० बिघा मात्र भोगमा रहे पनि यसबीचमा व्यवस्थापन समितिको पहलमा खोज गर्दा थप दुई बिघा जग्गा स्वामित्वमा लिइएपछि १२ बिघा जग्गा भोगमा आएको अध्यक्ष देवनारायण महतोले जानकारी दिए । विद्यालयका नाउँमा दर्ता रही भोगमा आउन नसकेको जग्गाबारे खोजविन भइरहेको व्यवस्थापन समितिले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com