संविधान अबिलम्ब संशोधन गर्न राजपाको माग

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले बुधबार प्रेस विज्ञप्ति जारी गरी संविधान संशोधन गर्न सरकारसँग माग गरेको छ । संविधान संशोधनप्रति संवेशनशील नभएको भन्दै अबिलम्ब संविधान संशोधनको वातावरण बनाउन आग्रह गरेको हो ।
राजपाले मधेश आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ लगायतका माग पूरा गर्न पनि माग गरेको छ ।
अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘मधेसी, थारु, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम, र दलित लगायतद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता बन्दी रिहाई लगायतका विषयहरु अविलम्ब संशोधन हुने गरी वातावरण बनाउनका लागि इमान्दार प्रयास गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com