‘मधेशी पुत्र–२’ चैत ९ गतेदेखि नेपालभरि प्रदर्शन हुँदै

काठमाडौं, २३ फागुन । मधेश आन्दोलन र मधेशको राजनीतिक घटनाक्रमबारे निर्माण भएको नेपाली र भोजपुरी भाषाको चलचित्र ‘मधेशी पुत्र–२’ आगामी चैत ९ गतेदेखि नेपालभरि प्रदर्शन हुन गइरहेको छ ।

‘मधेशी पुत्र’को अपार सफलतापछि त्यसको भाग २ निर्माण गर्न हौसिएका निर्माताले मधेशी पुत्र–२ ले पनि दर्शकको मत जित्ने दाबी गरेका छन् । चलचित्रमा रोचक कुरा के छ भने स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको भूमिकालाई समेत देखाइएको छ ।

यसअघि चलचित्रमा डा. राउतको भूमिका राखेको भन्दै सेन्सर बोर्डले पास गर्न मानेको थिएन । मधेशको नाममा हुने राजनीति र आन्दोलनका बारे चलचित्रमा दर्साइएको छ ।

फिल्मको लेखन/निर्देशन नायक निराजन मेहता (मन्जीत)ले गरेका छन् भने प्रोड्युसर उदित नारायण साह (अरुण) रहेका छन् ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com