वरिष्ठ राजनीतिक मण्डल भन्छन्, ‘मधेशी शहीदलाई सत्ताको भर्याङ बनाउने कि मधेशको माग पूरा गराउने ?’

काठमाडौं, २३ फागुन । अधिकारवादी मधेश आन्दोलनका एक जना वरिष्ठ राजनीतिज्ञ तथा स्व. गजेन्द्रनारायण सिंहका सहयात्री खुशीलाल मण्डलले अहिलेको मधेशी दलहरुको राजनीतिक क्रियाकलापबाट आक्रोशित मुद्रामा देखिएका छन् ।

मधेशको राजनीतिलाई नजिकबाट नियालिरहेका वरिष्ठ राजनीतिज्ञ मण्डलले सप्तरीको मलेठ घटनाबारे आफ्नो वक्तव्य सार्वजनिक गर्दै भनेका छन्, ‘ वर्तमान सत्ताधारी मुख्य दलको अंह र मधेश विरोधी नीतिको विरोधमा मलेठमा शहीद भएको पाँचै शहीदको पहिलो वार्षिकी हुन नपाउँदै मधेशवादी दलबाट राष्ट्रिय पार्टी बनाउने सपना देख्ने दलले मधेशी सपुतको लाशलाई सिढी बनाई सत्ता प्राप्तीको सिढी उक्ली सकेको छ ।’

उनले जातीय स्वायत्तता र सामाजिक विभेद समाप्त गर्ने नाराका साथ कथित जनयुद्धमा हजारौं नेपालीको हत्या प्रतिहत्या गराउने माओवादी दल ईमान्दार भैदिएको भए २०६३ सालमै संघीयता सहितको संविधान जारी भै सक्ने जिकिर गरेका छन् ।

‘मधेशी सपुतहरुलाई बलिदान दिनुपर्ने अवस्था आउने थिएन् ।’ उनी भन्छन्, ‘तर, संविधानसभाको पहिलो चुनावपछि मधेशवादी दल माओवादीको झूठो आश्वासनको भरमा सरकारमा सामिल भएको घटना प्रतिघटना विदितै छ । वर्तमानमा आफूलाई कथित मधेशवादी भनाउँदा दल घोर मधेश बिरोधी दलको झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो । आज हाम्रो सामुने प्रश्न खडा भएको छ मधेशी शहीदलाई सत्ताको सिढी बनाउने वा ती शहीदहरुको सपना साकार पार्न त्यस्ता तत्वको पहिचान गरि मधेशको अपुरो माँग पुरा गराउनु पर्ने हो वा होईन् ?’


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com